अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाउने सात पक्राउ

Categories:

-

काठमाडौं, १६ माघ । प्रहरीले अवैध क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरुमा सिराहा जिल्लाका २४ वर्षीय मिथलेशकुमार मण्डल, मुरारी साह, आर्यन साह, अनिश कुमार रौनियार, २६ बर्षका रोशन चौधरी जैसवाल, २३ बर्षका शिवमकुमार यादव, २४ बर्षका हरिशंकर चौधरी रहेका छन् ।

उनीहरुबाट बिभिन्न ब्राण्डका मोबाइलहरु १६ थान र चार थान ल्यापटपहरु बरामद भएको छ ।

उनीहरुलाई नयाँ बानेश्वर सुविधानगर, कोटेश्वर, जडिबुटीलगायत काठमाडांैका विभिन्न स्थानबाट पक्राउ गरी आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिई सोधपुछ भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य