राष्ट्रिय सभामा विजयीहरु (सूचीसहित)

-

काठमाडौं, ११ माघ। संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभा सदस्यका १९ सीटका लागि बिहीबार भएको निर्वाचनमा सत्ता गठबन्धनका १८ र विपक्षी एमालेका एक जना निर्वाचित भएका छन् ।
रिक्त भएका पदको निर्वाचनका लागि संवैधानिक व्यवस्थाअनुसार महिला, अपांग वा अल्पसंख्यक र अन्य गरि तीन ‘क्लस्टर’सँग सम्बन्धितलाई दलहरुले उम्मेदवार बनाएका थिए ।
निर्वाचनमा आठ वटा दलबाट ५१ जनाले उम्मेदवारी दर्ता गराएका थिए । एक जना सदस्य राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । सदस्यको पदावधि तालिकाअनुसार हरेक दुई–दुई वर्षमा राष्ट्रिय सभाको एक तिहाइ सदस्य रिक्त हुने गरेको छ ।
बिहीबारको निर्वाचनबाट राष्ट्रिय सभा सदस्य बनेकाहरु यी हुन् ः
कोशी
निर्वाचितदलक्लस्टर
१ रुक्मिणी कोइराला एमाले महिला
२ कृष्ण सिटौला कांग्रेस अन्य
मधेश
३ पूजा चौधरी जसपा महिला
४ आनन्द ढुंगाना कांग्रेस अन्य
वाग्मती
५ विष्णुदेवी पुडासैनी कांग्रेस महिला
६ घनश्याम रिजाल एकीकृत समाजवादी दलित
७ जीतजंग बस्नेत कांग्रेस अन्य
८ श्रीकृष्ण अधिकारी माओवादी अपांगता
गण्डकी
९ मनरुपा शर्मा माओवादी महिला
१० किरणबाबु श्रेष्ठ कांग्रेस अन्य
११ पदमबहादुर परियार कांग्रेस अपांगता
लुम्बिनी
१२ विष्णुकुमारी सापकोटा कांग्रेस महिला
१३ झक्कुप्रसाद सुवेदी माओवादी अन्य
कर्णाली
१४ सावित्री मल्ल एकीकृत समाजवादी महिला
१५ कृष्णबहादुर रोकाया कांग्रेस अन्य
१६ विष्णु विक माओवादी दलित
सुदूरपश्चिम
१७ रेनु चन्द माओवादी महिला
१८ नारायणदत्त भट्ट कांग्रेस अपांगता
१९ बलदेव बोहरा कांग्रेस अन्य
प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य