माघ २२ देखि बानेश्वर तात्ने

-

 काठमाडौं, ९ माघ ।  माघको मध्य जाडो २२ गते देखि  काठमाडौँको मुटुमा रहेको  नयाँ बानेश्वर रहेको संघिय संसद भवन देशको जल्दो बल्दो मुद्धाहरुले  तात्ने भएको छ ।

मंगलबार बसेको बसेको मन्त्रिपरिषद् बैठकले माघ २२ गते दुवै संसद्को बैठक बोलाउन सिफारिस गरेको सरकारकी प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिनको ४ बजे बस्ने गरी अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरिएको शर्माले बताइन् ।

त्यस्तै, सरकारले कोटेश्वर चौराहा सुधार आयोजना कार्यान्वयनका लागि प्रस्तावित ३४ अर्ब ४९ करोड जापानी येन (करिब एकतिस अर्ब दुई करोड नेपाली रुपैयाँ) बराबरको सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी मस्यौदा सम्झौतालाई अन्तिम रुप दिन जापान सरकारसँग वार्ता गर्न वार्ता टोली गठन गर्ने निर्णय समेत गरेको छ ।

त्यसैगरी, राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियमन १६ को उपनियम (१) को खण्ड (क) बमोजिम डा. असिम भण्डारीलाई राष्ट्रिय एन्टीडोपिङ एजेन्सीको संयोजक पदमा मनोनयन गन निर्णय भएको समेत उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य