यू—१९ एसिया कप क्रिकेट ः पाकिस्तानसँग नेपाल पराजित

-

काठमाडौँ, २१ मङ्सिर। यू—१९ एसिया कप क्रिकेटमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको छ ।

युएईमा शुक्रबार भएको खेलमा नेपालले दिएको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

पाकिस्तानको जितमा अजान अविसलले,  नटआउट ५६ रनको अर्धशतकीय पारी खेल्दा कप्तान साद बागले  पनि ५० रनको अर्धशतकीय योगदान दिए । यसैगरी मोहमद जिसनले २० रन बनाउँदा सहजीव खानले १५ रन जोडेका थिए । ओपनर सेयमुल हुसेनले भने खाता खोल्न सकेनन् ।

नेपालका लागि गुलसन झाले २ विकेट लिँदा आकाश त्रिपाठीले १ विकेट हात पारे । पहिला ब्याटिङ गरेको नेपालले ४७.२ ओभरमा सवै विकेट गुमाएर १५२ रन बनाएको थियो । नेपालका उत्तम थापामगरले ५१ रनको अर्धशतकीय पारि खेल्दा दिपेश कँडेलले ३१ रन बनाए । अर्जुन कुमालले २१ रन जोडेका थिए । अन्य खेलाडीको प्रदर्शन विर्सनलायक रह्यो ।

नेपालका तिलक भण्डारीले ७ रन जोड्दा आकाश त्रिपाठीले ६ रन जोडे ।

यसैगरी सुवास भण्डारीले ८ रनको नटआउट पारि खेल्दा आकाश चन्द ५ रन बनाएर अन्तिम विकेटको रुपमा आउट भएका थिए ।

पाकिस्तानका मोहमद जिसनले सर्वाधिक ६ खेलाडीलाई आउट गर्दै नेपालको पारि ध्वस्त बनाएका थिए । अमिर हसनले २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य