८० हजार घुस खादा-खादै बूढानीलकण्ठ नगरपालिका सब-इन्जिनियर टीकाराज राई पक्राउ

Categories:

-

काठमाडौँ, १४ मङ्सिर । काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाका सब-इन्जिनियर टीकाराज राई ८० हजार घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई पक्राउ गरेको हो।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७ बाट पक्राउ परेका राईमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य