काठमाडौँ, ९ मङ्सिर । काठमाडौं, बूढानीलकण्ठ नगरपालिका वडा नं.११ पर्ने अधिकारी मोडको बाटो बिग्रिएको लामो समय भैसकेको थियो । ठेक्का लागेर पनि निर्माण सुरू नभएको यो बाटोका बारेमा ह्यान्डबल मैदानदेखि अधिकारी मोडसम्म स्थानीयले पटकपटक वडा कार्यालय र मेयरलाइ ध्यानाकर्षण गर्दा पनि कसैले चासो नदेखाएपछि सडक कालोपत्रे बनाउन दवाब दिने हेतुले एक रुपैयाँ संकलन गरेका थिए ।
सवारी साधानको चाप बढ्दा आकाशेधाराबाट कपन गुम्बा जाने यो बाटो वरपरका घरमा बसिन नसक्नु धुलो हुने गरेको थियो । मेयर मिठाराम अधिकारीको निवासबाट मुस्किलले सय मिटरको दुरीमा रहेको यो सडकको दुराबस्थाबारे मेयरलाइ गुनासो गर्दा ेकही नलागेको स्थानीयवासी दिक्दारी थिए ।
मेयरले कहिल्यै पनि यो बाटो बनाउनका लागि पहल नगरे पछी यहाका बुढापाका र बालबालिकाको स्वास्थ्य नै बिग्रिने गरी धुलोले आक्रान्तहुनु पर्ने उनीहरुको दैनिकी नै बनेको थियो ।
सधै चुप बस्दा बाटो नबनेपछि यहाँका स्थानीयबासीले केहिदिन अघि दबाब स्वोरुप एक एक रूपैँया चन्दा उठाएर हस्तान्तरण गरेका थिए । त्यसै जनादबवाले भने यति बेला काम गरेको छ यहाको बाटो पिच हुदै छ ।

