दुर्गा प्रसाई समर्थक आन्दोलनकारी धमाधम पक्राउ

Categories:

-

काठमाडौं, ८ मंसिर । मेडिकल ब्यावसायी दुर्गा प्रसाइको आन्दोलनमा सक्रिय भएको आरोपमा धमाधम पक्राउ पर्न थालेका छन् ।

आज ११ बजे देखी तीनकुने, काठमाडौंमा प्रदर्शन गर्न लागेका प्रदर्शनकारीहरुलाई सो अगावै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शान्ति सुरक्षामा खलल पु¥याउने उदेश्यले आन्दोलन गर्न लागेको सुचनाका आधारमा आज बिहानसम्म ५ जनालाई पक्राउ गरिएको हो । उनीहरुलाई काठमाडौंको बिभिन्न ठाउँवाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा शाही युवा शक्तिका अध्यक्ष पशुपति खड्कालगायत ५ जना पुगिसकेका छन ।

उता, जिल्ला प्रशासन कार्यालय, काठमाडाैंले तीनकुनेमा प्रसाइ समुहलाइ आन्दोलन गर्ने अनुमति नदिएकाे जनाएकाे छ । जहाँ उनीहरूले आन्दोलन गर्ने घाेषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य