बल्खुमा दुई समूहबीच झडप र ढुङ्गा हानाहान

Categories:

-

काठमाडौँ, ७ मङ्सिर । काठमाडौंको बल्खु चोकमा ढुङ्गामुढा र तोडफोड भएको छ ।

बिहीबार कालीमाटीबाट बल्खु हुँदै तीनकुने आउन लागेको युवा संघको बाइक र्‍यालीमाथि बल्खु चोकमा दुर्गा प्रसाईंको समूहले ढुङ्गाप्रहार गरेको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले बल्खुमा प्रदर्शनको तयारी गरिरहेको छ । त्यही समयमा युवासंघको र्‍याली बल्खु हुँदै तीनकुने जाँदै थियो ।

प्रहरीले स्थिती नियन्त्रणमा लिएपछि अहिले अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य