बूढानिलकण्ठ सहित झापाका तीन पालिकाले भोलि स्थानीय बिदा

Categories:

-

काठमाडाै‍ं, ६ मंसिर ।  हरिबोधिनी एकादशी (तुलसी विवाह)का अवसरमा काठमाडौँको बूढानिलकण्ठ नगरपालिका सहित झापाका तीन पालिकाले भोलि स्थानीय बिदा दिएका छन्। कचनकवल गाउँपालिकाले भने पर्सी शुक्रबार बिदा दिएको हो।

आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वका अवसरमा  काठमाडौँको बूढानिलकण्ठ नगरपालिका, भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन्। कचनकवलले एकादशी सकिएको भोलिपल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ।

स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य