29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेषज्ञ सेवा उपलब्ध भएपछि रामेछाप अस्पतालमा सेवाग्रही बढे

सम्बन्धित खबर

रामेछाप, ५ मंसिर ।जिल्ला अस्पताल रामेछापले विशेषज्ञ सहितको सेवा विस्तार गरेसँगै सेवा लिन जाने बिरामीको संख्या बढेको छ ।

अस्पताल प्रशासनका अनुसार दैनिक सयभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

अस्पतालले शल्यक्रिया सहितको प्रसूति सेवा दिन सुरु गरेपछि प्रसूति हुने महिलाको संख्या पनि बढेको छ । अस्पतालका प्रसूति रोग विशेषज्ञ डाक्टर मनोज यादवका अनुसार सो सेवा सञ्चालनमा आएसँगै सयभन्दा बढी महिलाको शल््यक्रिया गरिएको छ ।

अस्पतालले अहिले जनरल, ओपीडीका साथै प्रसूति शल्यक्रिया, डाइलासिस, हर्नियाँ, हाइड्रोसिल लगायतका जनरल शल्यक्रिया, दाँत तथा आँखाको उपचार, अक्सिजन सहितको स्वास्थ्य सेवा सञ्चालनमा ल्याएको छ । अस्पतालमै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइएको छ । अस्पतालमा जनरल शल्यक्रिया निःशुल्क हुने गरेको छ ।

अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर केशव श्रेष्ठका अनुसार भेन्टिलेटर सहितको आइसीयू सेवा सञ्चालन गर्ने तयारी पनि भइरहेको छ । त्यसका लागि आवश्यक उपकरण आइसकेको उनले बताए ।

अहिले १५ शय्याको रामेछाप अस्पताल प्रदेश स्तरको अस्पताल बनेको छ । अस्पताल अब ५० शय्यामा विस्तार हुँदैछ ।

रामेछाप अस्पतालमा सेवा विस्तार भएसँगै, ओखलढुङ्गा, सिन्धुली तथा रामेछापसँग जोडिएका दोलखाका बिरामी समेत उपचारका लागि आउन थालेका छन् ।

यसअघि सामान्य बिरामी हुँदा पनि धुलिखेल पुग्नु पर्ने यस क्षेत्रका नागरिकलाई रामेछाप जिल्ला अस्पतालको सेवाले केही सहज बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष