31.1 C
Kathmandu
Saturday, June 15, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

टी–२० विश्वकपमा छनोट भएको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा

सम्बन्धित खबर

काठमाडौं, २० कात्तिक । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट हुने राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ ।

सोमबार बसेको क्यानको बोर्ड बैठकले, १० वर्षपछि विश्वकपमा छनोट हुन सफल भएकोमा टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानका सचिव पारस खड्काले बताए ।

यस्तै बैठकले एसीसी यू–१९ प्रिमियर कप विजेता टोलीका सम्पूर्ण सदस्यलार्ई जनही ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा छनोट भएको थियो ।

तर फाइनलमा भने नेपाल ओमानसँग पराजित भएको थियो ।

बैठकले हङकङमा हुने महिला टी–२० आई सिरिजमा नेपाली राष्ट्रिय महिला टिमले सहभागिता जनाउने निर्णय पनि गरेको खड्काले विज्ञप्ति निकालेर जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष