कपन सरस्वोतीनगरबाट नक्कली नोट बनाउने मेसिन र कारोबार गर्ने एक पक्राउ

Categories:

-

काठमाडौं, १९ कात्तिक ।  नक्कली नोटसहित नोट बनाउने मेसिन र कारोबार गर्ने मानिसलाई कपन प्रहरीले नियन्त्रणमा लिएको हो ।

कार्तिक १९ गते आईतवार रातको १० बजे  काठमाण्डौ महानगरपालिका वडा नं ६ सरस्वतीनगर नजिक नक्कली नोटको कारोबार भई रहेको छ भन्ने गोप्य जानकारी पाएपछि प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक नवराज सापकोटाको कमाण्डमा गएको प्रहरी टोलीले कर्मा लुण्डुप गुरुङलाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा  डोल्पा भिजेर गा.वि.स. वडा नं. ८ घर भई हाल काठमाण्डौ महानगरपालिका वडा नं. ६ माहांकाल सेचेन गुम्बा नजिक छम्बा ढुन्डुकको घरमा डेरा गरिबस्ने गरेको पत्ता लागेको थियो।

कर्मा लुण्डुप गुरुङको डेरा कोठामा प्रहरी गई खनतलासी गर्दा मेसिनरी सामान, नक्कली नोट र नेपाली नगद सहित गुरुङलाई पक्राउ गरि थप अनुसन्धानको लागि  प्रहरी वृत्त बौद्ध पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य