इजरायलमा अलपत्र विद्यार्थीहरूलाई स्वदेश ल्याउँन ः परराष्ट्रमन्त्री गए इजराइल

Categories:

-

काठमाडौं,२५ असोज  । इजरायलमा समस्यामा परेका नेपाली विद्यार्थीहरूलाई सरकारले आज स्वदेश ल्याउँदै छ ।

असोज २० गते प्यालेस्टाइनी लडाकु समूह हमासले गरेको आक्रमणका कारण  समस्यामा परेका नेपाली विद्यार्थीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज लिएर परराष्ट्रमन्त्री नारायणप्रकाश साउद गएराति इजरायल गएका छन् ।

मन्त्रालयको कार्यतालिका अनुसार विद्यार्थीहरूलाई लिएर जहाज आज बेलुकी ८ः२० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र पहिलो चरणमा आज २ सय ५४ विद्यार्थी मात्र ल्याइने  जनाएको छ ।

निगमको एयरबस ३३० जहाज स्थानीय समयअनुसार आज बिहान ९ः१० बजे इजरायलको तेल अभिवस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ ।

आक्रमणका क्रममा १० नेपालीले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य