काठमाडौं,४ असोज । प्रस्तावित शिक्षा ऐनको विरोधमा शिक्षक–शिक्षिकाहरूले थालेको आन्दोलनको दोस्रो दिन आज पनि केन्द्रीय राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापन अस्त व्यस्त बनेको छ ।
माइतीघरदेखि बानेश्वर सम्म सडक ढाकेर बसेका शिक्षक शिक्षिकाकाले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । आन्दोलनलाई मर्यादित र संयमित बनाउन श्रेष्ठले आग्रह गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्