महाराजगंजमा भेटिएको शंकास्पद बस्तु डिस्पोज, बोराभित्र काटुन र कपडा

Categories:

-

काठमाडौँ,३ असोज । महाराजगन्जस्थित नारायणगोपाल चोकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ ।

हिजो साँझ ६ बजे व्यस्त सडकपेटीमा भेटिएको उक्त शंकास्पद वस्तु सेनाको नारायणहिटी ब्यारेकबाट सहसेनानी कुश खड्काको कमाण्डमा १८ जना र एरपोर्टबाट सहसेनानी दिपेश विक्रम पाण्डेको कमाण्डमा ५ जना बम डिस्पोजल टोलीले आधा घण्टा लगाएर साढे ७ बजे डिस्पोज गरेको हो ।

नारायागोपाल चोकबाट बूढानीलकण्ठ जाने बाटोतर्फको सडकपेटीमा सेतो बोराभित्र शंकास्पद वस्तु भेटिएको थियो । बोराभित्र काटुन र कपडा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य