काठमाडौं, ३० भदौ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहनुको साथै नेपालमा भारतको दक्षिण–पूर्वी उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ ।
जसको कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा चट्याङ्गसहित वर्षा भइरहेको छ ।
दिउँसो देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशका केही स्थानहरूमा हावा हुरीको सम्भावना पनि रहेको छ ।
राती कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमलगायत अन्य प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली, बागमती, गण्डकी र मधेश प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेको छ भने सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानमा चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

