हात्तिगौँडा रक्तसञ्चार कोषको ४० औँ रक्तदान कार्यक्रम भोलि न्युभिजन क्लब परिसरमा बिहान ८ बजे गर्ने

Categories:

-

काठमाडौँ,२२ भदौ । काठमाडौँमा पछिल्लो ४० वर्षदेखि लगातार रक्तदान कार्यक्रम गर्दै आएको हात्तिगौँडा रक्तसञ्चार कोषले ४० औँ रक्तदान कार्यक्रम गर्दैछ । हरेकवर्ष विपी कोइरालाको जन्मजयन्तिको अवसरमा पारेर कोषले रक्तदान कार्यक्रम आयोजना गर्ने क्रममा यो वर्ष भाद्र २३ गते शनिवार वृहत्त रक्तदान कार्यक्रम आयोजना गर्न लागेको कोषका अध्यक्ष राजु भण्डारीले बताए ।

बुढानीलकण्ठ ६,  हात्तिगौँडामा रहेका  न्युभिजन क्लब परिसरमा आयोजना हुने रक्तदानमा सहभागि हुनका लागि कोषले सबैलाई
आग्रह गरेको छ । रक्तदान कार्यक्रम बिहान ८ बजेबाट आयोजना हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य