एसिया कपको उद्घाटनमा नेपाली कलाकार त्रिशलाले सांगीतिक प्रस्तुति दिने

-

काठमाडौं,१३ भदौ  । पाकिस्तानको इस्लामावादमा १६ औं संस्करणको एसिया कपको उद्‍घाटन समारोहमा नेपाली चिकित्सक तथा गायिका त्रिशला गुरुङले पनि साँगीतिक प्रस्तुति दिने भएकी छन् ।

नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे क्रिकेटको विश्व नम्बर १ पाकिस्तान र नेपाली टोलीले मुल्तान क्रिकेट स्टेडियममा पहिलो खेल खेल्दैछन ।

उद्‍घाटन समारोह मुल्तान क्रिकेट पौने ३ बजेबाट सुरु हुने बताइएको छ । खेल सवा ३ बजे सुरु हुनेछ।
उद्‍घाटन खेलअघि मुल्तान क्रिकेट स्टेडियममा भव्य सांगीतिक कार्यक्रम हुँदैछ। सो समारोहमा नेपाली र पाकिस्तानी कलाकारहरुले सांगीतिक प्रस्तुति दिँदैछन्।

नेपाली गायिका त्रिशला गुरुङले ३५ हजार दर्शक अट्ने स्टेडियममा आज प्रस्तुति दिनेछिन्। उनले पाकिस्तानी गायिका ऐमा बेगसँग प्रस्तुति दिने पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। त्रिशलासँगै सांगीतिक प्रस्तुति दिने बेग पाकिस्तानकी चर्चित नयाँ पुस्ताकी गायिका हुन्।

यद्यपि, त्रिशलाले प्रस्तुति दिने गीतको प्रत्यक्ष प्रसारणबारे हुने नहुने भने अन्योलमा छ।

गायिका त्रिशलाले अन्तर्राष्ट्रिय प्रसारण नीतिका कारण नेपाली गीत गाएको प्रत्यक्ष प्रसारण हुन नसक्ने जानकारी आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत गराइसकेकी छन् ।

एसिया कपमा ६ टोलीको सहभागिता छ। जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान र श्रीलंका छन्।
प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्सले गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य