Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

महिला टी–ट्वान्टी आई सिरिज ः हङकङलाई हराउदै नेपाल च्याम्पियन

सम्बन्धित खबर

काठमाडौं,९ भाद्र । नेपाल चारदेश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजको च्याम्पियन बनेको छ ।
आज भएको फाइनल खेलमा हङकङलाई डकवर्थ लुईस पद्दती अनुसार १३ रनले पराजित गर्दै सिरिजको च्याम्पियन भएको हो ।

हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याको नेपालले ५ दशमलब ३ ओभरको खेल खेल्ने साथ वर्षाका कारण खेल रोकिएको थियो । भारी वर्षाका कारण पुन खेल हुन नसक्दा नेपाल विजयी भएको हो ।

वर्षा सुरु हुनु अघि नेपालले ५ दशमलब ३ ओभरमा १ विकेट गुमाएर ३७ रन बनाएको थियो । हङकङले दिएको १ सय २ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहेको थियो ।

नेपालकी इन्दु बर्माले १९ बलमा २ चौकासहित १९ रन बनाएकी थिईन् । सीता रानामगरले १३ बलमा १ चौकासहित १३ रन बनाएकी थिईन् ।
नेपालले ओपनर काजोल श्रेष्ठलाई भने पहिलो बलमै गुमाएको थियो ।

त्यसअघि मलेसियाको बायोमास ओभलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

हङकङकी कप्तान केरी चानले ४५ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपालको खुशी डंगोलले ३ तथा अश्मिना कर्माचार्य र कविता जोशीले समान १÷१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष