काठमाडौं,९ भाद्र । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सुशासनको राष्ट्रिय योजना अगाडि बढाउँन प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दै गरेको जानकारी दिएका छन् ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं.३ को सम्मेलनलाई सम्बोधन गर्दै कांग्रेसका उपसभापति समेत रहेका खडकाले मुलुकमा सुशासन कायम गर्न, भ्रष्टाचारको नियन्त्रण गर्न र जनताले सरकारी कार्यालयमा सहज रुपमा पाउँनु पर्ने सेवा व्यवस्थित गर्न मन्त्रिपरिषद् कार्ययोजना निमार्णको प्रक्रियामा लागेको जानकारी दिए ।
उनले भने, मुलुकमा सुशासन, भ्रष्टाचारको नियन्त्रणमा वर्तमान सरकारको नेतृत्वमा एउटा संकल्पसहित अगाडि बढेको छ । जनातले सरकारी कार्यालयमा सहज रुपमा पाउँनु पर्ने सेवा व्यवस्थापन हुनुपर्ने थियो त्यसमा भएको कमजोरीलाई हटाउँनको लागि मन्त्रिपरिषद्को मुख्य सचिवले एउटा टोली मार्फत लाग्नु भएको छ । सुशासनको समग्र पक्षलाई तयार गरेर त्यो सुशासनभित्र जनताले प्राप्त गर्ने सेवा समयमा पाएको छ कि छैन् । सबैलाई हरेर सुशासनको राष्ट्रिय योजना अगाडि बढाउँनको लागि प्रधानमन्त्रीको नेतृत्वमा कार्ययोजना बन्दै छ । ’