काठमाडौँ, ८ भाद्र । अविरल बर्षाका कारण सिन्धुपालचोकको हेलम्बु ,मेलम्ची क्षेत्रमा बाढिले क्षतिगरेको छ । विगत चारदिनदेखीको लगातारको बर्षाले मेलम्ची नदीमा आएको बाढीका कारणमेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ । हेलम्बु गाउँपालीकाको पहलमा सडक खुलाउनेकार्यलाई अघी बढाइएपनी निरन्तर बर्षाको कारण यो सम्भव भएको छैन ।
मेलम्चीको सिमखेतमा पनि सडक अवरुद्ध भएको स्थानिय श्याम चालीसेले बताए । पानी परिरहेकाले सडक मर्मत गर्न समस्या रहेको नगरपालिकाले जनाएको छ । यता निरन्तर बर्षाका कारण हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय खोलामा परिणत भएको छ भने कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालीका उपाध्यक्ष अप्सरा लामीछानेले बताइन । ‘अहिले विद्यालयका फर्निचरलगायतका सामान सार्ने काम भइरहेको छ ।’ उहाँले भन्नुभयो ् ‘बर्षा नरोकिएकोले विद्यालय सहित ग्याल्थुम बजारनै जोखिममा परेको छ ।’ पानी पर्न सुरु गर्नासाथ स्थानियहरु त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्थारहेको उनको भनाई छ ।
बाढीले ग्याल्थुममा परिक्षा दिन जाने परिक्षार्थीलाई समस्याभएको स्थानिय श्याम लामिछानेले बताए । ।सरस्वती माध्यमिक विद्यालयको पढाई आज बन्द रहने प्रधानाध्यापक कुमार घोरासैनिले बताए ।





