26.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

चलचित्र क्षेत्र मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्र बन्न सक्छ ः नीर शाह

सम्बन्धित खबर

काठमाडौं, ४ भदौ । वरिष्ठ चलचित्रकर्मी नीर शाहले चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्रको रुपमा विकास गर्न सकिने बताएका छन् ।


मानव अधिकार प्रवद्र्धनमा चलचित्रको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा शाहले चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्र बनाउँन सक्ने हो भने मानव अधिकार र चलचित्रको इतिहासमा नयाँ सुरुवात हुने बताए । त्यसको लागि गम्भीर भएर काम गर्नुपर्ने उनको भनाइ थियो ।

उनले भने, चलचित्र क्षेत्रलाई मानव अधिकारको वकालत गर्ने प्रमुख संयन्त्रको रुपमा विकास गर्नका लागि के गर्न सक्छौ भन्ने विषयमा ध्यान दिएर काम गर्ने हो भने मानव अधिकार र चलचित्रको इतिहासमा नयाँ सुरुवात हुन्छ ।
चलचित्रकर्मी शाहले सिनेमाले मानव अधिकारको संरक्षणका लागि सोच्न र गर्न सक्ने कामहरुलाई आफ्नो प्राथमिकतामा राख्ने प्रयास गरेको भन्दै यसलाई अझ परिस्कृत गर्दै जानुपर्ने बताए ।


उनले भने, सिनेमाले मानव अधिकारको संरक्षणका लागि सोच्न र गर्न सक्ने कामहरुलाई आफ्नो प्राथमिकतामा राख्नै पर्छ । त्यस्तो प्रयासहरु पनि भएको छ, तर त्यसले समाजमा परिवर्तन भएको छ छैन् त्यो अर्को कुरा हो । हामीले विभेद, कुसंस्कार, महिलाको हक, सबै विषयलाई समेटेर मानव अधिकारलाई बुझाउँने जति पनि चलचित्र बनाएका छौ त्यो जानेर होईन अर्को कथाको विषयमा बनाउँदा आफै त्यो पाटो झल्किएको हो । थोरै मानिसले मात्रै राम्रो काम गरिरहेको देखेको छु, त्यो कामले प्रसाय पनि थोरै नै पाएको छ । ’

उक्त कार्यक्रममा कलाकार सविना गोपालीले पनि चलचित्र र मानव अधिकारलाई सँगसँगै लान सक्ने हो भने चलचित्र समाजको ऐना मात्रै होईन समाज रुपान्तरणको एउटा माध्यम बन्न सक्ने बताईन् ।

उनले भनिन्, हामीले चलचित्र र मानव अधिकारलाई कसरी सँगसँगै लान सक्छौ भन्ने कुरा गर्दै अगाडि बढ्ने हो भने चलचित्र समाजको ऐना मात्रै होईन समाज रुपान्तरणको एउटा माध्यम बन्न सक्छ । चलचित्रलाई हेर्ने दृष्टिकोण पनि परिवर्तन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष