spot_img
17.1 C
Kathmandu
Friday, March 28, 2025
spot_imgspot_imgspot_img

मोर्चाले सातै प्रदेशमा सन्देश सभा गर्ने ,कुन प्रदेशमा कहिले ?

spot_imgspot_imgspot_imgspot_img

-

काठमाडौं, ४ भदौ । सरकारको नेतृत्व गरेको माओवादी केन्द्रसहित चार दल सम्मिलित समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा सभा गर्ने भएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा सोमबार(आज) बिहान बसेको बैठकले सबै प्रदेशमा सभा गर्ने निर्णय गरेको हो । मोर्चाले भदौं ८ गते वीरगञ्ज, १२ गते बुटवल, १३ गते धनगढीमा सभा गर्ने भएको छ । त्यस्तै, भदौं १४ गते सुर्खेत, १५ गते पोखरा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले जानकारी दिए । ‘हामीले भदौं ८ गते देखि प्रदेश स्तरको घोषण सभा गर्ने निर्णय गरेका छौं । साथसाथै भ्रष्टचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेका छौं,’ विप्लवले भने ।


सभामा मोर्चा बनाउनुको कारण र यसका कामबारे जनतालाई जानकारी दिने उद्देश्यले सभा उनीहरूले उसलाई सन्देश सभा नाम दिएका छन् । मोर्चाको बैठकले सरकारले थालेको भ्रष्टाचारविरुद्धको अभियानलाई समर्थन गर्ने निर्णय गर्दै भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा सरकार अझ दृढताका साथ उभिनुपर्ने निष्कर्ष निकालेको छ । असार ४ गते गठन भएको मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_img
spot_img

भर्खरै

रंगशालारंग