काठमाडौं, १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पृथ्बीनारायण शाहको शालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरुको कारण पनि देशको अवस्था छर्लङ्ग हुने बताएका छन् ।
शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले देशको अवस्था जनप्रतिनिधिको रवैयाको कारण नै छर्लङ्ग हुँदै गएको बताए ।
उनले भने ‘गाई काटेर गोरु काटेर भोज भतेर खाएर भिडियोमा देखाएर प्रचार गरिरहेका छन् । पृथ्वी नारायण शाहको शालिक हटाउन जनप्रतिनिधिहरु गौरव गरिरहेका छन् । देश अवस्था के छ भन्ने यसैले देखाउछ । ’
अध्यक्ष लिङदेनले राप्रपा रहेन भने कसले यो हिन्दू राष्ट्रको मुद्धा बोकेर हिड्छ ? कसले संघीयता खारेजी र राजसंस्था पूनसथापनाको मुद्धा कसले बोक्छ ? भन्ने प्रश्न पनि गरे ।
उनले भने ‘ यदि कसैले राप्रपा फुटाउने गुट बनाउने कल्पाना मात्रै पनि गर्छ भने त्यो बौलाउँछ । त्यसलाई जनता र कार्यकर्ताको श्राप लाग्छ । ’
अध्यक्ष लिङदेनले कसैलाई हार्ने मर्ने र पछि हट्ने छुट नभएको भन्दै जसरी पनि अगाडी बढ्नुपर्ने बताए ।