17.1 C
Kathmandu
Saturday, April 13, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

बागेश्वर बाबा आइपुगे काठमाडौंमा

सम्बन्धित खबर

काठमाडौं, १ भदौ । भारतका चर्चित धार्मिक गुरु बागेश्वर बाबा ‘धीरेन्द्रकृष्ण शास्त्री’ नेपाल आएका छन् ।

नवलपरासीस्थित शाश्वत धाममा कथा वाचनका लागि उनी काठमाडौं आइपुगेका हुन् ।

आज उनले ४ बजे पशुपतिनाथको दर्शन गर्ने तथा काठमाडौंका धार्मिक संघ संस्थाका प्रतिनिधिसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपराष्ट्रपति र राष्ट्रपतिसँग उनको भेटघाटको कार्यक्रम तय भएको छ ।

शनिबार उनी चौधरी समूहले नवलपरासीमा निर्माण गरेको शाश्वत धाम पुग्नेछन् । शनिबारदेखि सोमबारसम्म त्यहाँ हनुमान कथा वाचन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष