29.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नु पर्छ ः सभापति देउवा

सम्बन्धित खबर

काठमाडौं, १ भदौ ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नु पर्ने बताए । उनले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउन आवश्यक भएको पनि बताए ।

नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले कर्मचारी युनियन, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरुलाई चलायमान बनाउँदै देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए ।

उनले भने, ‘पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन् । भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ ।’

सभापति देउवाले राजनीतिक भनेको आउने जाने प्रक्रिया हो तर कर्मचारी भनेको स्थायी सरकार भएको भन्दै स्थायी सरकार सशक्त हुनुपर्ने बताए ।

यस्तै उनले बल्ल बल्ल कोभिडबाट मुक्ति भएको देशमा फेरि डेंगुको संक्रमण आएको भन्दै सबैकुरालाई ध्यानमा राखेर अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष