Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिदैँन् ः उपप्रधानमन्त्री श्रेष्ठ

सम्बन्धित खबर

गोरखा, १ भदौ ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न खोजेको बताएका छन् ।

गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ’भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने भन्दै सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताए ।

उनले भने, ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ। हामी पदका लागि होइन, देश र जनताको सेवा गर्न आएका हौं। जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान रोकिंदैन।’

उपप्रधानमन्त्री श्रेष्ठले नागरिकलाई छिटो र चुस्त सेवा दिएर तथा दण्डहीनता अन्त्य गरेर नै सुशासनको थालनी हुने पनि प्रष्ट पारे । अध्यक्ष दीपक देवकोटा तथा उपाध्यक्ष अनिता भुजेलले उदाहणीय नेतृत्वबाट अजिरकोट गाउँपालिकाले विकासमा फड्को मार्दै गएको भन्दै उनले खुशी पनि व्यक्त गरे ।

उनले राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक परिवर्तनसँग जोड्नुपर्ने भन्दै त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष