23.1 C
Kathmandu
Sunday, May 26, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सुशासनको प्रतिवद्धतालाई पूर्णता दिन सेवा प्रवाहलाई छिटो छरितो बनाउन आवश्यक ः मन्त्री भण्डारी

सम्बन्धित खबर

काठमाडौं, १ भदौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सेवा प्रवाह छिटो छरितो बनाउँन सूचना प्रणालीलाई अगाडि बढाएको बताएका छन् ।

शुक्रबार अनलाइन सेवा प्रवाह शुभारम्भ गर्दै मन्त्री भण्डारीले वर्तमान सरकारले अघि सारेको सुशासनको प्रतिवद्धतालाई पूर्णता प्रदान गर्न सेवा प्रवाह पनि छिटो छरितो बनाउन आवश्यक रहेको बताए । यस्का लागि सूचना प्रणालीलाई अगाडि बढाएको उनको भनाइ थियो ।

उनले भने ‘ नेपालमा अहिले देखिएको समस्या समाधान गर्न प्रत्येक पालिकाको रोजगार सेवा केन्द्रलाई नै प्रमुख रोजगारको क्षेत्र बनाउँने हिसाबले विकसित गर्दै गएका छौं, राष्ट्रिय र अन्तर्राष्ट्रिय रोजगारका सम्भावनाहरुदेखि लिएर सिप र अन्य सबै विषय पु¥याउने खालको योजना लिएर अगाडि बढ्न आवश्यक छ । यही कारण पनि प्रविधिको प्रयोग गरेर जनतालाई सेवा दिने हिसाबमा हामी लागेका छौ । ’

श्रमिकहरुको लागि काम गर्ने मन्त्रालय भएको हुनाले यो क्षेत्र पछाडि पर्न हुदैँन् भनेर यो क्षेत्रलाई बलियो बनाउँन विभिन्न किसिमको क्रियाकलापहरु गर्दै आएको पनि मन्त्री भण्डारीको भनाइ थियो ।

उनले भने ‘ रोजगारी पाएका नपाएका विभिन्न हिंसामा परेका, भेदभावमा परेका कुराहरु छ भने त्यो विभागमा आउँने वित्तिकै त्यसको समाधान हुन्छ । क्लब, रेष्टुरेन्ट, दोहोरी जस्ता स्थानमा शोषणको जानकारी दिने हो भने समाधान हुन्छ । हामीले बाध्यतावश पनि वैदेशिक रोजगारीमा केही वर्ष भर पर्नुपर्ने अवस्था छ यस्तो अवस्था यथार्थमा बस्नु पर्छ । ठूलो ठूलो कुरा गरेर मात्रै यो समस्या समाधान हुने वाला छैन् । ’

मन्त्री भण्डारीले वैदेशिक रोजगारीका क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन र नेपाली नागरिकहरु ठगी नपर्ने उपाय अपनाउन आवश्यक भएको चर्चा पनि गरे ।

उनले भने ‘ सरकार राष्ट्रिय आप्रवासन नीति बनाउँने तर्फ अगाडि बढेको छ । र यो नीतिले नै सबै विषयलाई समेटेर भोलिको नेपाल कसरी बनाउँने भन्ने हिसाबमा लाग्नु पर्छ । विभागले आफूले कारवाही गर्ने अधिकार त्यो ७७ वटै जिल्लाको सिडियोलाई दिन गईरहेका छौ । अहिलेको अवस्थामा एकले अर्कोलाई आरोप लगाएर केही हुदैँन्, यो मुलुक बनाउँनको लागि निश्चित रुपमा केही रणनीतिका कुराहरुको साथै बजारलाई सहि तरिकाले प्रयोग गरेर आफ्नो मुलुकको हितमा काम गर्न सक्छौ । ’

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष