23.1 C
Kathmandu
Wednesday, April 24, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

फेसबुक ह्याक गरी रकम ठग्ने पाँच जना पक्राउ

सम्बन्धित खबर

काठमाडौं, ३२ साउन । अरुको फेसबुक आईडि ह्याक गरी रकम ठगि गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारा जिल्ला जितपुर सिमरा उप–महानगरपालिका वडा नं. १७ रामनगर घर भई हाल काठमाडौं बस्ने सिमान्त लामा,रोहन तामाङ , अमन्त लामा, अनुप श्रेष्ठर कास्की घर भई हाल काठमाडांै नयाँबसपार्क बस्ने सुब्बु भन्ने शुभेक्षा गुरुङ रहेको प्रहरीले जनाएको छ ।

उनिहरुले फेसबुक ह्याक गरी बिभिन्न बाहानामा ओटिपी मागी चौध लाख अन्ठाउन्न हजारको कारोवार गरेको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, नयाँ बसपार्कबाट, कार्यलायबाट खटिएको विशेष प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष