उन्नत शिक्षा र सांस्कृतिको विरासत छोड्दै बूढानीलकण्ठ आश्रम विद्यालयका संस्थापक स्वामी चन्द्रेश ब्रह्मलीन भए

Categories:

-

आशिष गुरागाईं/ काठमाडौं,३० साउन। बूढानीलकण्ठ आश्रम तथा आश्रम विद्यालयका आदरणीय संस्थापक स्वामी चन्द्रेशको असार २९ गते सोमबार राति ८ बजे निधन भएकोमा पार्थिव शरीरलाई आज ३ बजेको साइतमा  बूढानीलकण्ठस्थित आश्रममै समाधिस्थ गरिएको छ ।

समाधिस्थ गर्नु अघि उनको  पार्थिव शरीरलाई पद्मासनमा राखी धार्मिक विधिअनुसार अनुष्ठान गरि श्रद्धाञ्जलीका लागि आश्रम परिसरमा राखिएको थियो । आध्यात्मिक समुदायले शोक व्यक्त गरेका छन्  ।

पूर्वी बङ्गालमा जन्मेका श्री अरबिन्द घोषले आध्यात्मिक यात्रा सुरु गरे जसले उनलाई  नेपाल ल्यायो र  उनले स्वामी चन्द्रेश नाम धारण गरे। २०२५ सालमा नेपाल प्रवेश गरेपछि उनी तीन वर्ष नेपाल भ्रमणपश्चात २०२८ सालदेखि २२ वर्षसम्म निर्मल शिवपुरी पहाडमा अखण्ड तपस्यामा समर्पित गरे।

बूढानीलकण्ठ आश्रम

स्वामी चन्द्रेश विभिन्न क्षेत्रहरूमा एक गतिशील शक्ति थिए विशेष गरी आध्यात्मिकता शिक्षा, संस्कृति र सामाजिक रूपान्तरण। अङ्ग्रेजी, नेपाली र बंगाली भाषाहरूमा फैलिएको उनको साहित्यिक अध्यात्म, शिक्षा, संस्कृति तथा सामाजिक रूपान्तरणमा सक्रिय स्वामी चन्द्रेशका ‘ओसन इन द ड्रप’,  ‘इनर लाइट’,  ‘रिलिज’, ‘अध्यात्मप्रसाद’,  ‘शंखघोष’, ‘पतञ्जलि योगसूत्र’, ‘शिक्षा र समाज’ आदि अंग्रेजी, नेपाली तथा बंगाली भाषामा लेखिएका दर्जनौं पुस्तक प्रकाशित छन्।

चन्द्रेश स्वमिलाई अन्तिम श्रद्धाञ्जली दिदै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष आकाश धिताल । उनि बूढानीलकण्ठ आश्रम विद्यालयका पूर्व विद्यार्थी पनि हुन् ।

उनीद्वारा लिखित किताबले  भाषिक सीमाहरू पार गर्दै बुद्धि र सत्यको खोजीमा गहिरो प्रतिध्वनित गराएका छन ।

आफ्नो आध्यात्मिक र साहित्यिक कार्यहरू भन्दा बाहेक स्वामी चन्द्रेश एक वास्तविक पुनर्जागरण आत्मा थिए। उनीद्वारा रचित ब्राम्ही स्वरलिपि तथा मूर्ति एवं अमूर्त चित्रहरू बूढानीलकण्ठस्थित आर्ट ग्यालरीमा सर्वसाधारणको लागि संरक्षित छन्।

त्रिनीति शिक्षाका प्रवर्तक स्वामी चन्द्रेश आध्यात्मिक, सीपमूलक र सूचनामूलक शिक्षाको सम्मिश्रणले मात्र मानिसलाई शिक्षित बनाउँछ र आजको आवश्यकता पनि त्यही नै हो भन्ने मान्यता राख्दथे।

यस क्षेत्रमा शिवपुरी बाबा, खप्तड स्वामी लगायत धेरै प्रसिद्धि दार्शनिक योगीहरूले यसअघि समाधि लिई सकेका  छन ।

स्वामी चन्द्रेशलाई अन्तिम श्रद्धाञ्जली दिदै नेपाली कांग्रेसका नेता रबिन अधिकारी

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य