Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

मुगु दुर्घटना अपडेट ः घाइते चार जनालाई सविधा सम्पन्न अस्पतालमा लान मुगु अस्पतालको आग्रह

सम्बन्धित खबर

काठमाडौं,३० साउन। मुगुमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

हाल उपचाररत ४ जना घाइतेलाई पनि सेवा सुविधा सम्पन्न अस्पतालमा लान जिल्ला अस्पताल मुगुका व्यवस्थापक प्रमुख डाक्टर कमल ढुंगानाले आग्रह गरेका छन् ।

हाल मुगु अस्पतालमा हुम्लाका उजिर बोहोरा, सोरु ७ का दिनेश लावड,सोरु ६का शम्सेर रोकाया र सोरु ५ का गोबिन्द शाहीको उपचार भइरहेको छ । डाक्टर ढुंगानाले उनीहरुको ज्यान जोगाउनका लागि समेत सुविधा सम्पन्न अस्पतालमा लानका लागि सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।

सोरु गाउँपालिकामा–७ सिप पहिरोमा परेर भएको उक्त जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ । ज्यान गुमाउनेमा सोरु ५का लेकजन नेपाली ,हुम्ला सकेघाटका राम परियार ,प्रकाश बोहोरा,राम परियार ,पियुस परियार रहेका छन ।

जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार ग १ ज ७७६२ नम्बरको जीप पहिरो दुर्घटना भएको हो भने मंगलबार बिहान सोरुकोटबाट गमगढीतर्फ जाँदै गरेको उक्त जिप सीप पहिरो नजिक सडकबाट २ सय मिटरभन्दा तल खसेको थियो ।

जीप दुर्घटनामा परि घाईतेहरुलाई अहिले जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ । जिल्लामा थप उपचार हुन नसक्ने देखिएको हँुदा नेपालगन्ज ,काठमाडौ लान पर्ने अवस्था देखिएको हुँदा हेलिकप्टर र सरोकारवाला निकायसँग सहकाय भईरहेको मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष