काठमाडौं,३० साउन। आध्यात्मिक गुरु स्वामी चन्द्रेश महाराजको निधन भएको छ।
उनकाे ८० वर्षकाे उमेरमा साेमबार राति निधन भएकाे हाे।
लामाे समयदेखि मृगौलासम्बन्धी राेगबाट पीडित स्वामी चन्द्रेश नियमित डायलासिस गराउँदै आएका थिए।
हिजाे राति बुढानीलकण्ठस्थित आश्रमबाट ह्याम्स अस्पतालमा डायलासिसका लागि उनी गएका थिए। उनकाे अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे हाे।
भारतकाे पश्चिम बंगालबाट लामाे समयअगाडि नेपाल आएका स्वामी चन्द्रेशले बुढानीलकण्ठमा स्कुल सञ्चालन गर्नुका साथै विभिन्न आध्यात्मिक गतिविधिमा सामेल हुँदै आएका थिए।
नेपालमा उनका थुप्रै शिष्यहरू छन्।
उनकाे पार्थिव शरीरलाई आज दिउँसाे बुढानीलकण्ठस्थित आश्रममै समाधिस्थ गरिने मित्रबन्धु पाैडेलले रातो सूर्यलाइ बताए।
प्रतिक्रिया दिनुहोस्

