Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

९ किलो सुन प्रकरणमा कृष्णबहादुर महराका बाबु-छोरामाथी अनुसन्धान सुरु

सम्बन्धित खबर

इलेक्ट्रिक सिगरेट (भेप) मार्फत् तस्करले भित्र्याएको ९ किलो सुन प्रकरणमा नाम जोडिएका माओवादी उपाध्यक्ष कृष्णबहादुर महराका बाबुछोरामाथी पनि अनुसन्धान सुरु भएको छ।

सोमबार बसेको सत्ता गठबन्धनको बैठकमा गृहमन्त्री नारायणकाजी श्रेष्ठले महाराका विषयमा पनि अनुसन्धान सुरु भएको जानकारी गराएका हुन्।

महराका बाबुछोरा संलग्न रहेको प्रमाणसहित सार्वजनिक हुँदा पनि अनुसन्धान नभएको भन्दै सरकारले बचाएको आरोप लागिरहेका बेला गृहमन्त्रीले अनुसन्धान थालेको जानकारी दिएका हुन्।

माओवादीबाहेकका दलका नेताले यो विषयमा चासो राखेपछि गृहमन्त्रीले अनुसन्धान भइरहेकाले अहिले नै यसै हो भन्न् सकिने अवस्था नरहेको बताएको समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए।

यसअघि महराले पनि आवश्यक परे बयान दिन प्रहरीमा उपस्थित हुने बताएका थिए।

यसअघि आइतबार बसेको माओवादीको बैठकमा पनि महराको विषयमा नेताहरुले चासो राखेका थिए। प्रधानमन्त्री प्रचण्डले भने सुन काण्डमा जो जो परे पनि कानुनी दायरामा ल्याउने बताउँदै आएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करीमा माओवादी नेताहरु नै संलग्न रहेको बताउँदै कारबाही गर्न माग गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष