Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सप्तकोशीमा एक दशक यताकै बहाव उच्च,५६ वटै ढोका खोलियो

सम्बन्धित खबर

काठमाडौं, २९ साउन । पूर्वी पहाडी जिल्लाहरूमा केहि दिन यता निरन्तर परेको भारी वर्षाले  सप्तकोशी नदीमा पानीको बहाव ११ वर्ष यताकै उच्च विन्दुमा पुगेसँगै ५६ वटै ढोका खोलिएको छ ।  सप्तकोशी नदी स्थित कोशी नदीमा सोमबार बिहान ४ बजे ४ लाख ६२ हजार क्युसेक पानी प्रति सेकेण्ड बगेसँगै टटीय क्षेत्रमा उच्च सर्तकता अपनाउँन भनिएको हो ।

कोशीमा बिहान ९ः३० बजे गरिएको पछिल्लो मापनमा पानीको बहाव सामान्य घट्दै गैरहेको छ । मापन अनुसार प्रतिसेकेण्ड ४ लाख २१ हजार क्युसेक पानी बगिरहेको  जिल्ला प्रशासन कार्यालय सुनसरीको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

अहिले कोशी ब्यारेजमा रहेका ५६ मध्ये सबै ढोका खोलिएको छ । नदीमा पानीको बहाव सामान्य घटेपनि उच्च सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

कोशीमा यसअघि सन् १९८९ सालमा ४ लाख ७२ हजार क्युसेक पानी प्रति सकेकेण्ड बगेको रेकर्ड छ ।

ब्यारेजबाट अत्यधिक मात्रामा पानीको बहाव हुन थालेपछि पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेज पुलमा सवारी साधनको गति सीमित गरेर सञ्चालन गर्न प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img

विशेष