spot_img
20.1 C
Kathmandu
Thursday, May 15, 2025
spot_imgspot_imgspot_img

सरकार फेर्ने र ढाल्ने कुरा भएको छैन् ः प्रमुख सचेतक लेखक

-

काठमाडौं, २८ साउन । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले, पार्टी भित्र सरकार फेरबदल बारे कुनै कुरा नभएको बताएका छन् ।

शुक्रबारदेखि जारी संसदीय दलको बैठकपछि आइतबार पत्रकारहरुसँग बोल्दै उनले अहिले कांग्रेस सरकार फेरबदलको पक्षमा नरहेको बताएका हुन्।

‘अहिले हामीबीच सरकार बदल्ने, फेर्ने र ढाल्ने कुरा भएको छैन’, उनले भने, ‘भोलि सम्पन्न हुने संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय हुन सक्छ।’ तीनमा सरकार फेरबदलको विषय नपर्ने उनको भनाइ छ ।

उनले शुक्रबार र आइतबार गरेर दलको बैठकमा अहिलेसम्म ५० जना सांसदहरुले बोलिसकेको बताएका उनले भोलीको बैठकले केही महत्वपूर्ण कुरा पारित गर्ने बताए ।

‘आज पनि बोल्ने क्रममा जारी छ। भोलि पनि ११ बजे फेरि बस्छौँ’, भोलि संसदीय दलको बैठकबाट केही महत्वपूर्ण निर्णय पारित गर्छौँ,’ उनले भने, ‘कुरा धेरै विषयमा उठेको छ। सबै विषयहरुलाई समेटेर निर्णय पारित गर्छौँ।’

प्रतिक्रिया दिनुहोस्
spot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img
spot_img
spot_imgspot_imgspot_imgspot_img

भर्खरै

रंगशालारंग