Thursday, November 30, 2023
12.1 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

ठोस रुपमा कार्ययोजना बनाएर काम नगर्दा कमि कमजोरीहरु देखिए ः मन्त्री शर्मा

सम्बन्धित खबर

काठमाडौं, २८ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले ठोस रुपमा कार्ययोजना बनाएर काम नगरेको कारण कमि कमजोरीहरु देखिएको बताएकी छिन् ।

आर्थिक वर्षको वार्षिक समीक्षा गर्ने क्रममा मन्त्री शर्माले सरकारको प्राथमिक एजेण्डा सुशासन र सेवा प्रवाह भएको भन्दै त्यसलाई पूरा गर्न लक्ष्य, लक्ष्यको बाटो, समयसीमा निर्धारण गर्नु आवश्यक भएको बताईन् ।

उनले भनिन्, अर्को हामी क्यालेन्डर बनाएर काम गर्दैनौ, कार्ययोजना नबनाउँने र ठोस रुपमा काम नगर्ने कारण पनि कमि कमजोरी देखिएको छ । हामी लक्ष्य, लक्ष्यको बाटो, समससीमा निर्धारण गरेर काम गरौं, काम सम्पन्न भएनभने फेरि समीक्षा गरेर अगाडि बढ्नु पर्छ । सरकारको प्राथमिक ऐजेण्डा भनेको सुशासन, सेवा प्रवाह हो र त्यसलाई अगाडि बढाउने कुरा हो ।

उनले आगामि आर्थिक वर्षमा विगतको समीक्षासहित कमजोरी र नेतृत्वमा भएको समस्यामाथि छलफल गर्दै अगाडि बढ्ने बताईन् ।

उनले विगतको रिपोट तुलनात्मक हिसाबमा राम्रो भएपनि सन्तोष गर्न सक्ने ठाउँ नभएको भन्दै अझै सक्रिय भएर लाग्न आग्रह पनि गरेकी छिन् ।

उनले भनिन्, गर्न सक्ने काम लेख्ने लेखेको भन्दा बढि काम गर्ने तर लेखेको आधा काम पनि पूरा नगरेको जस्तो देखिएको छ यो रिपोर्टबाट, तुलनात्मक अध्ययन गर्दा राम्रै देखिन्छ । तर सन्तोष गर्न सक्ने ठाँउ छैन् । आगामी आर्थिक वर्षमा यो विगतको समीक्षा सहित कुन स्थानमा कमजोरी रहेको छ, हाम्रो नेतृत्वमा भएको समस्या के हो, भनेर त्यसमा छलफल गरेर अगाडि बढ्नु पर्छ । मन्त्रीको रुपमा आफूले धेरै काम गरेको जस्तो त लाग्छ तर त्यो पर्याप्त छैन् । हाम्रो समग्र कार्यक्रमको समीक्षासहित आत्म समीक्षा पनि आवश्यक हुन्छ । ’

उनले आउँने आर्थिक वर्षमा हरेक महिनामा मन्त्रालयमा बैठक बसेर कार्ययोजना बनाउँने र प्रत्येक निकायले प्रगति रिपोट बुझाउँनु पर्ने भन्दै त्यसको लागि मन्त्रालयले गर्नुपर्ने सहजीकरण गर्ने प्रतिवद्धता पनि जनाएकी छिन् ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्ण बहादुर राउतले हरेक काममा सञ्चार प्रविधिले सहयोग गरि रहेको अवस्थामा, त्यसबाट सकारात्मक र नकारात्मक प्रभावहरु देखिरहेको बताए ।

उनले भने ‘ त्यसलाई कसरी ऐन, कानून, कार्यक्रम र अन्य नीतिगत कुराहरु बाधेर लाने भन्ने कुरालाई मन्त्रालयले निषेध गर्नुपर्ने कुरा छ । बजेट भन्दा पनि यस्तो महत्वको विषयलाई अगाडि बढाउनु पर्छ । विगतको समीक्षा गर्दै अबको आर्थिक वर्षमा राम्रो काम गर्ने प्रविद्धता पनि जनाउँछ चहान्छु । यसको लागि कानून, अर्थ मन्त्रालय लगायतका मन्त्रालयहरुको सहयोग आवश्यक हुन्छ । ’

सूचना प्रविधि र दूर सञ्चारको क्षेत्रमा नियामक निकाय दूरसञ्चार प्राधिकरण र दूर सञ्चार सेवा दिन कम्पनीहरु समग्र देशलाई सञ्चारसँग जोड्नको लागि यसको धेरै ठूलो हात रहेको उल्लेख गर्दै सचिव राउतले यो क्षेत्रमा नेपाल दूर सञ्चार प्राधिकरण गतिशील रुपमा अगाडि लानु पर्ने बताए ।

शहरहरु कुरुप भए भन्ने हिसाबले महानगरपालिकाहरुले विभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दा सेवा प्रवाहामा समस्या आएको पनि सचिव राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

- Advertisement -spot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष