25.1 C
Kathmandu
Thursday, October 10, 2024
- Advertisement -spot_imgspot_imgspot_imgspot_img

सिँचाई विभागमा तालावन्दी गर्न पुगेका ४५ जना बढी निर्माण व्यवसायी पक्राउ

spot_imgspot_imgspot_imgspot_img
spot_imgspot_imgspot_imgspot_img

सम्बन्धित खबर

काठमाडौं, २८ साउन ।नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ ।

समयमा भुक्तानी नपाएको र भुक्तानीको म्याद थप गर्नुपर्ने लगायतका विभिन्न नौ बुँदे माग राखेर आन्दोलन गर्दै आएका निर्माण व्यवसायीहरु आज कार्यालय समयमा ललितपुर स्थित सिँचाई विभागको कार्यालयमा ताला लगाउन पुगेका थिए । नारावाजीसहित विभागको कार्यालयमा ताला लगाउन सफल उनीहरुलाई प्रहरीले पक्राउ गरेर ताला खोलाएको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए ।

‘हामीले नौं बुँदे माग राखेर कार्यालयमा ताला लगाएका थियौं । प्रहरीले बल प्रयोग गरेर ताला खोलेसँगै हाम्रो महासचिव सहित ४५ जना भन्दा बढी व्यवसायी साथीहरुलाई पक्राउ गरेको छ,’ सिंहले भने ।

आइतबार ४५ जना बढी निर्माण व्यवसायीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ललितपुरमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
- Advertisement -spot_img

Ratosurya TV
खबर छर्लंङ्ग

भर्खरै

विशेष