Monday, September 25, 2023
23.8 C
Kathmandu
spot_imgspot_imgspot_imgspot_img

आज २४ औँ विश्व युवा दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै

भर्खरै

काठमाडौं, २७ साउन ।अगष्ट १२ तारिख । आज विश्वभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी २४औँ युवा दिवस मनाउन लागिएको छ।
युवाका सवाल सम्बोधन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगष्ट १२ तारिखलाई लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम गरिँदै आएका छन्।
नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो । युवा परिषद्कै अगुवाइमा २०७३ सालदेखि युवा दिवस मनाउन थालिएको हो ।

साताव्यापी, रुपमा विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको युवा परिषद्ले आज प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डको सहभागितामा राष्ट्रिय सभा गृहमा मूल समारोह कार्यक्रमको आयोजना गर्ने युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले जानकारी दिए ।
शनिवार बिहान प्रभात फेरि निकाल्दै नेपाली सेना, शसत्र प्रहरी बल, नेपाल प्रहरीको ब्याण्डबाजासहित युवाका क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाहरुले युवाहरुको सहभागितामा ‘दिगो विकास लक्ष्य प्राप्तीमा युवाको साथ,नवप्रवद्र्धन र उद्यामशिलतामा सिप विकास’ भन्ने नाराका साथ यो दिवस मनाइँदै छ ।

बस्नेतले भने, ‘हामीले सप्ताव्यापी विभिन्न कार्यक्रमको आयोजना गर्दै आएका छौ । त्यस अन्र्तगत रक्तदान कार्यक्रम, युवा उद्यमशिलतालाई प्रवद्र्धन गर्ने हिसाबले लोक दोहोरि कार्यक्रम सञ्चालन गरेका छौ,चार जना सांसदहरुको सहभागितामा युवा र उद्यामशिलताको विषयमा बहस कार्यक्रम पनि सञ्चालन गरेका छौ ।’

गैरसरकारी निकाय तथा सरकारले बर्सेनी विभिन्न कार्यक्रम गरी युवा दिवस मनाउने गरे पनि युवाका मुद्दा कार्यान्वयनमा भने जहिल्यै समस्या देखिने गरेको छ । युवा परिषद् नेपालका उपाध्यक्ष बस्नेतले सरकारले विभिन्न नीति तथा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरूपमा सम्बोधन हुन नसकेको बताएका छन् ।
उनले देशको ठूलो युवा संख्यामा दक्ष जनशक्ति विदेशिएकोले अवको केही दशकपछि नेपालमा आश्रितहरुकोसंख्या बढ्ने भन्दै तीनै तहका सरकारले नेपालमा रहेका र विदेशबाट फर्कीएका युवाहरुलाई समेटेर सरकार तथा युवाका क्षेत्रमा काम गर्ने संघसंथाले संयुक्त रुपमा विशेष अभियानमार्फत युवालाई द्यमशिलताको विकाससँग जोड्नुपर्ने आवश्यकता औंल्याए ।
‘दशकपछि नेपाल आश्रितहरुको बहुसंख्या भएको देश हुनेछ र हामीले जानसांख्यिकीय लाभांश गुमाउँने छौ । त्यो हुनुभन्दा अगाडि नै राज्य,सरकार, योजना आयोगले, अर्थमन्त्रालयले र सबै सम्बन्धीत निकायहरुले युवाहरुलाई उद्यामशिलतामा जोड्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ । त्यसका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय तहले समन्वयात्मक ढङ्गले आम रुपमा युवाहरुलाई राष्ट्रिय रुपमा अभियानकासाथ उद्यामशिलतामा जोड्नु पर्ने आजको आवश्यकता हो,’ बस्नेतले भने ।

सरकारले युवा विकास तथा परिचालनका लागि २०६५ सालमा युवा तथा खेलकुद मन्त्रालय गठन गरेको थियो। यस्तै पहिलो पटक युवाको नेतृत्व तथा क्षमता विकास, उद्यमशीलताको विकास र स्वरोजगार, युवाको पहुँच र सहभागिताको सुनिश्चिततासँगै समृद्ध राष्ट्र निर्माण गर्ने उद्देश्यसहित २०७२ साल फागुनमा राष्ट्रिय युवा परिषद् गठन गरिएको थियो। युवालाई स्वरोजगार बनाउनका लागि ‘युवा स्वरोजगार कोष’ पनि स्थापना गरिएको छ।

उसोत राष्ट्रिय युवा नीति २०७२ र यूथ भिजन २०२५ ले पनि युवा विकासका व्यापक विषयलाई नीतिगत रूपमा समावेश गरेको छ । यस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि युवाका संरचना तयार गरिएका छन्। प्रदेश युवा परिषद्, जिल्ला युवा समिति र युवा क्लब सञ्जाल गठन गरिएका छन् । प्रदेश स्तरमा लुम्बिनी, बागमती र सूदुरपश्चिममा युवा परिषद् गठन गरिएको छ । तर, ति निकायले युवाका लागि आवश्यक कार्य गर्न नसकेको गुनासो धेरैको रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

- Advertisement -spot_imgspot_imgspot_imgspot_img

विशेष