संसद् खुलाउन प्रधानमन्त्रीको प्रयास, बालुवाटारमा तीन दलको बैठक

Categories:

-

काठमाडौ, २३ साउन । अवरुद्ध संसद् बैठक सञ्चालन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर प्रयास गरिरहेका छन्।

यस क्रममा अहिले पनि प्रधानमन्त्री निवास बालुवाटार तीन दलको बैठक बसिरहेको छ।

जारी बैठकमा प्रधानमन्त्री प्रचण्डसहित सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका प्रमुख सचेतक सहभागी छन्।

सुनकाण्ड अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति बनाउन माग गर्दै प्रमुख प्रतिपक्ष नेकपा एमालेले हरेक प्रतिनिधि सभा बैठकमा अवरोध गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य