बर्दी लगाएर टिकटक भिडियो बनाएका २ सय ८ जना प्रहरी कारबाहीमा

Categories:

-

काठमाडौं, २९ असार ।  बर्दी लगाएर टिकटक भिडियो बनाएका २०८ जना प्रहरी कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले बर्दी लगाएर भिडिओ बनाई टिकटकमा राख्ने प्रहरीलाई कारबाही गरेको जानकारी दिएको छ । जसअनुसार २०७७ सालदेखि असार २२ गतेसम्म २०८ जना प्रहरी कारबाहीमा परेका हुन् ।

चेतावनीपछि पनि उक्त कार्य दोहोरिएमा एक दिनको तलब कटौतीदेखि बढुवा रोक्कासम्मको कारबाही हुने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य