प्रधानाध्यापकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Categories:

-

कञ्चनपुर, २८ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ।

गैरकानुनी रुपमा उत्खनन गरी माटो स्थानीय इँटा उद्योगहरूलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती इँटा उद्योगका मेनेजर राजेन्द्र बहादुर भाट र सिद्ध वैजनाथका प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।

‘आर्थिक वर्ष २०७६र०७७ मा र आ.व. २०७७र०७८ मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची–६ र सुदूरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची–६ ले तोके बमोजिमको करबापतको माटोको सात लाख २९ हजार पाँच सय १४.५० रुपैयाँ पचास पैसा बराबरको सरकारी रकम हिनामिनारनोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको पाइएकोले उनीहरू विरुद्ध सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको छ’, अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

साहित्य