सिन्धुपाल्चोक , २६ असार । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासि लामाले पाँचपोखरी लाई संघ र प्रदेश सरकारले उपेक्षा गरेको बताएका छन ।
पालिका सडक पिच गर्ने राष्ट्रिय निति भएपनि बजेट विनियोजनमा संघ र प्रदेश सरकारले उपेक्षा गरेको अध्यक्ष लामाले बताए । मेलम्ची भोताङ सडकको लागि १० लाख,बासखर्क बरुवा याङ्रीको लागि ५ लाख र चौतारा भोताङ सडकको लागि ५ लाख मात्रै बजेट बिनियोजन गरेको भन्दै दुई ठुला सरकारले सडकलाई दिएको महत्त्वप्रति असन्तुष्टि व्होयक्तगरेका हुन् ।
सामाजिक संजाल फेसबुकमा लेख्दै अध्यक्ष लामाले अझैपनि हरेस नखाएको प्रतिक्रिया सार्वजनिक गरेका छन । आफ्नो कार्यकाल भित्र सडक पिचगर्ने दृढ संकल्प बोकेको बताउदै लामाले उपयुक्त मौकाको पर्खाइमा रहेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्



