१४ दिनको छोराको हत्यागरि राजधानी छिरेका नुरआलम चन्द्रागिरीबाट पक्राउ परे

Categories:

-

काठमाडौं, २४ जेठ ।नवजात शिशुको हत्या गरी फरार भएका नुरआलम अंसार समातिएका छन् । बाराको देवताल गाउँपालिका वडा नम्बर ४ तिप्राडी घर भएका उनलाई प्रहरीले पक्रेको जानकारी दिएको छ ।

जेठ १४ गते बेलुकी ५ बजे उनी आफ्नै १४ दिनको नवजात छोराको हत्या गरेपछि फरार भएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले हिजो बेलुकी २५ वर्षे उनलाई काठमाडौंको चन्द्रागिरीबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनलाई थप आवश्यक अनुसन्धान तथा कारबाहीको निम्ति जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य