गाडीले ठक्कर दिएका वृद्ध पैदलयात्रीको निधन

Categories:

-

बनेपा , १४ जेठ । काभ्रेपलाञ्चोकको साँगामा गाडीले ठक्कर दिएका एक जना पैदलयात्रुको निधन भएको छ ।

काठमाडौँबाट बनेपातर्फ जाँदै गरेको बा.४ख ४२९४ नम्बरको गाडीले गएराति सडक किनारमा हिँडिरहेका ७० वर्षे छेवाङ तामाङलाई ठक्कर दिएको बताइन्छ ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ का छेवाङ ठक्करपछि सख्त घाइते भएका थिए । लगत्तै नजिकैको शीर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

गाडीका चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य