सुनकोसी नदीमा बेपत्ता दुई कर्मचारीको शव फेला

Categories:

-

सिन्धुली, २३ जेठ। गत शुक्रबारदेखि सुनकोसी नदीमा बेपत्ता भएको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को स्कोर्पियो गाडी आज साँझ फेला परेको छ ।

गोताखोरसहितको प्रहरी टोलीले पाँच दिनपछि दुर्घटनाग्रस्त गाडी र त्यसमा सवार दुई जनाको शव आज फेला पारेको हो । शवको पहिचान भने हुन नसकेको र एकजना अझै बेपत्ता रहेको प्रहरीले बताएको छ ।

काठमाडौंबाट खोटाङ तर्फ जाँदै गरेको सीटीईभीटीको बा १ झ ७४६७ नम्बरको स्कारपियो शुक्रबार मध्यान्ह मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट सुनकोसी नदीमा खसेको थियो । लगत्तै दुर्घटनाग्रस्त गाडीको खोजि थालिएकोमा फेला नपरेपछि चारवटा स्काभेटर, तीनवटा जेसिवी, पाँचवटा ट्रक प्रयोग गरी नदी डाईभर्सन गरेर गाडी र शव निकालिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सीटीईभीटीका प्रशासन निर्देशक भानु नगरपालिका- ९ तनहुँका ५७ वर्षीय कृष्णबहादुर केसी, नीति योजना शाखाका महानिर्देशक प्रगति नगरपालिका-७ पूर्वी नवलपरासीका ५६ वर्षीय यमप्रसाद भुर्तेल र प्राविधिक अधिकृत फुयतया नगरपालिका-५ इलामका ३२ वर्षीय भानु पौडेल बेपत्ता भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य