बेपत्ताको खोजी गर्न सुनकोसीको बहावलाई मोडिदै

Categories:

-

सिन्धुलीमाढी,२२ जेठ। चार दिनअघि सुनकोसी नदीमा जिप खस्दा बेपत्ता भएका सीटीइभीटीका तीन कर्मचारीको खोजबिनको लागि सुनकोसी नदीको बहावलाई घटाउन मेसिन लगाएर अर्कोतर्फ पानी कटाउन थालिएको छ ।

जिप खसेको ठाउँमा सुनकोसी नदीको अद्यावधिक बहावका कारण खोजबिन गर्न कठिन भएपछि बहाव घटाउन मेसिन लगाएर अर्को तर्फबाट पानी कटाउन लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार गोताखोर चार वटा टोलीले खोजबिन गर्दा समेत सुनकोसीको अत्यधिक बहावकै कारण खोजबिन गर्न कठिन भएको छ ।

सिन्धुलीको गोलन्जोर गाउँपालिका –७ स्थित लौकुनमा शुक्रबार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) को बा १ झ ७४६७ नम्बरको जिप सुनकोसी नदीमा खस्दा गाडीमा सबार चार जनामध्ये तीन जना अहिलेसम्म बेपत्ता छन् । गाडीचालक ३१ वर्षीय कृष्ण चौधरी पौडी खेलेर बाहिर निस्किएको प्रहरीले जनाएको छ ।

८० प्रतिशतभन्दा बढी पानी अर्को तर्फबाट पठाई खोजबिन गर्ने प्रयास भइरहेको छ। बेपत्ताको खोजीमा सशस्त्र प्रहरीको उपत्यका गोताखोर टोली, सशस्त्र प्रहरीकै कुरिनटार गोताखोर टोली, नेपाली सेनाको सुन्दरीजल गोताखोर टोली र जनपथ प्रहरीको विपद् व्यवस्थापन टोलीसहित चार टोली परिचालन छन  ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य