सिन्धुपाल्चोक, १६ जेठ । १० दिनअघि बन्द गरिएको मेलम्चीको खानेपानी अब पुनः काठमाडौं उपत्यकामा वितरण हुने भएको छ । मेलम्ची खानेपानी आयोजनाको सुरुङ, गत वर्षको बाढीले क्षति पुर्याएको हेडवर्क्सलगाय संरचनाको मर्मतका लागि बन्द गरिएको पानी हिजो साँझदेखि छाडिएको छ ।
हिजो बेलुकीदेखि काठमाडौँ उपत्यकातर्फ मेलम्चीको पानी सुरुङमा पठाइएको बताइएको छ । उक्त पानी पर्सि बिहीबारदेखि राजधानीका उपभोक्ताको धारामा पठाइने योजना छ ।
प्रतिक्रिया दिनुहोस्


