बुढानीलकण्ठ नगरपालिकाको कानून दैबले जानुन्

Categories:

-

काठमाडौं, १५ जेठ । बुढानीलकण्ठ नगरपालिकाले कानून निर्माण र नीति निर्माण लगायतका महत्वपूर्ण निर्णय प्रक्रियाहरूमा जनप्रतिनिधिहरूलाई समेत  अत्तो पत्तो  नदिने  गरेको रहस्य सार्वजनिक भएको छ ।

नगरपालिकाले हालै कर्मकाण्डी स्वोरुपमा आयोजना गरेको  सार्वजनिक सुनुवाइ कार्यक्रमका  आयोजकले सार्वजनिक गरेको  तथ्याङ्कले नगर पालिकाको कानून निर्माण लगायतको  छलफलमा जनप्रतिनिधिको उपस्थिति निराशाजनक १५.६९ प्रतिशत रहेको देखाएको छ, जसले नगर बासीहरुलाई लगाइने कानुन निर्माणका विषयमा हुने महत्वपूर्ण बहसमा जननिर्वाचित प्रतिनिधिहरूलाई समेत सहभागी नगराउने गरेको भेद खुलेको हो ।

यस सँगै नगरपालिकाले आम नगरवासीलाई लगाउने कानून  बनाउँदा  होस् वा विकास निर्माण सम्बन्धी निर्णय लिँदा होस् डरलाग्दो रूपमा ४५.१  प्रतिशत जनप्रतिनिधिलाई  निर्णय प्रक्रियामा सहभागिता नगराउँदा प्रणालीको निष्पक्षता र समावेशीतामाथि प्रश्न खडा गरेको छ ।

यसबाहेक, कार्यपालिका  नीति, नियम, दिशानिर्देश र मापदण्डको तर्जुमा गर्दा प्रतिनिधित्व प्रतिशत मात्र ३७.२५ प्रतिशत देखिन्छ।

जनप्रतिनिधिहरूले मेयर एवम् उप मेयरहरूको प्रिय पात्रहरूलाई मात्र  नीति नियम बनाउँदा खबर हुने गरेको गुनासो गरेका छन्  ।

अझ केही  जनप्रतिनिधिहरूले  मेयर उपमेयको कोपभाजनमा परिने डरले सोधिएको प्रश्नको जवाफ समेत दिन नचाहेको तथ्य समेत बाहिरिएको हो  । यस्तो उत्तर दिन नचाहनाहरूको संख्या १.९६ प्रतिशत रहेको छ ।

नगरपालिकामा नेकपा एमालेको बहुमत छ। तर, तिनै जनप्रतिनिधिहरु   भन्छन् “बुढानीलकण्ठ नगरपालिकाको कानून दैबले जानुन् ।”

 

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य