साढे तीन महिना देखि बेपत्ता महिलाको शव फेला

Categories:

-

नुवाकोट, २ जेठ।नुवाकोटमा साढे तीन महिनादेखि हराइरहेकी एक महिलाको शव फेला परेको छ ।

गत माघ १५ गतेदेखि हराइरहेकी विदुर नगरपालिका-२ बट्टारकी ५४ वर्षीय देवकी अधिकारीको विदुर नगरपालिका-१० केराघारीस्थित छत्तिवनडाँडामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । कपडा र झोलाको आधारमा उनको पहिचान खुलेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
spot_img

भर्खरै

साहित्य