काठमाडौँ, २४ बैशाख । सरकारले राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नेपाल पत्रकार महासंघ सप्तरीकी उपाध्यक्ष अम्बिका दाहालसहित ६ जना पत्रकारलाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा पत्रकार अम्बिका दाहाल, अनिता विन्दु, गणेश लम्साल, गम्भीरा सहनी, रामकृष्ण ज्ञवाली र लक्ष्मी आचार्य छन् ।
मन्त्रालयले निष्पक्ष, उत्तरदायी, खोजमूलक र विश्लेषनात्मक पत्रकारिताको माध्यमबाट राष्ट्रिय हितको प्रवद्र्धन र जनतालाई सुसूचित गराउन योगदान पु¥याएको भन्दै उहाँहरुलाई सम्मान गरेको हो ।
आठौँ राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सञ्चार मन्त्री रेखा शर्माद्वारा वरिष्ठ पत्रकार सम्मानबाट पत्रकार राजेन्द्र दाहाल र बलराम थापा सम्मानित भएका हुन् ।
पुस्कृत पत्रकार राजेन्द्र दाहालले आमसञ्चार तथा पत्रकारितासम्बन्धी अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने संस्थाको स्थापना गर्न सरकारको ध्यानआर्कषण गराए ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार तथा पत्रकारितामा आवश्यक लगानी र नीति बनाउनतर्फ सरकारको ध्यानआर्कषण गराए ।
वरिष्ठ पत्रकारबाट सम्मानित हुनेलाई कदरपत्रसहित दुई लाख र राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृतलाई कदरपत्रसहित एक लाख प्रदान गरिएको छ ।


